Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

आज पनि हावाहुरी चल्ने सम्भावना

आज पनि हावाहुरी चल्ने सम्भावना

  • काठमाडौं । नेपालका केही स्थानमा आज पनि हावाहुरीको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले आज अपराह्नपछि हावाहुरी चल्ने प्रक्षेपण गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    विभागका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक–दुई स्थानमा मेघगर्जन चट्याङ र असिनासहित हल्का वर्षाको सम्भावना समेत छ ।

    AGNI GROUP

    हिजो पनि विभिन्न स्थानमा मेघगर्जन चट्याङ र असिनासहित पानी परेको थियो । हिजो हावाहुरी पनि चलेको थियो ।

    त्यसले केही क्षेत्रमा भौतिक र मानवीय क्षतिसमेत पुर्‍याएको छ । उदयपुरको कटारी–५ स्थित राधा कृष्ण मन्दिर नजिक टिनको छाना र काठले बनेको खाजा घरमाथि हावाले रुख ढाल्दा वीरेन्द्र चौधरीको र कटारी–८ मा मिनामाया तामाङको मृत्यु भएको छ ।

    केही जिल्लाहरुमा बिजुलीको पोल ढलेका कारण विद्युत् सेवा अवरुद्ध भएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij