Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

होर्मुज स्ट्रेट खोल्न इरानलाई ट्रम्पले ४८ घण्टे अल्टिमेटम

होर्मुज स्ट्रेट खोल्न इरानलाई ट्रम्पले ४८ घण्टे अल्टिमेटम

  • काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज स्ट्रेट खोल्नका लागि इरानलाई  नयाँ ४८ घण्टाको समयसीमा दिएका छन्।

    onlinepatrika
    Arghakhachi

    राष्ट्रपति ट्रम्पले इरानलाई होर्मुज स्ट्रेट पूर्ण रुपमा खोल्न ४८ घण्टाको अल्टिमेटम दिएका हुन् । उनले भनेका छन् ‘होर्मुज स्ट्रेट पूर्ण रूपमा खोल्न ‘इरानसँग ४८ घण्टा मात्र समय छ।’

    AGNI GROUP

    ट्रम्पलेआफ्नाे सामाजिक सञ्जाल ट्रुथमा  पोस्ट गर्दै लेखेका छन्, ‘यदि इरानले कुनै धम्की बिना आगामी ४८ घण्टाभित्र होर्मुज़ स्ट्रेट खोलेन भने, अमेरिका उसको धेरै विद्युत् केन्द्रहरूमा आक्रमण गरेर तिनीहरूलाई ध्वस्त पार्नेछ, र यसको सुरुवात उनीहरूको सबैभन्दा ठूलो प्लान्टबाट हुनेछ।’

    ट्रम्पको चेतावनीआउनुअघि नै इरानले दक्षिणी इजरायललाई निशाना बनाएको थियो। इरानको दु्ई मिसाइल आक्रमण इजरायलको अघोषित परमाणु केन्द्रसमेत परेको बताइएको छ।

    उक्त हमलामा १०० भन्दा बढी मानिस घाइते भएका छन् । जुन युद्ध सुरु भएपछि सबैभन्दा ठूलो हमला मानिएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij