Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । पोखरा महानगरपालिका–१७ बस्ने उषा सेरचनको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका–९ पृथ्वीचोक बस्ने ६० वर्षीय भुपेन्द सेरचन लगायत ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ४६ हजार ९६५ रूपैयाँसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij