Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

हङकङमा पासवर्ड नदिए जेल सजायको व्यवस्था

हङकङमा पासवर्ड नदिए जेल सजायको व्यवस्था

  • काठमाडौं । हङकङ प्रशासनले राष्ट्रिय सुरक्षा कानुन अन्तर्गत नयाँ नियम लागू गर्दै प्रहरीलाई संदिग्ध व्यक्तिहरूको फोन वा कम्प्युटरको पासवर्ड माग्न पाउने अधिकार दिएको छ।

    onlinepatrika
    Arghakhachi

    सोमबार राजपत्रमा प्रकाशित संशोधनअनुसार राष्ट्रिय सुरक्षा उल्लंघनको आशंका गरिएका व्यक्तिहरूले आफ्ना डिजिटल उपकरणमा पहुँच अनिवार्य रूपमा प्रहरीलाई उपलब्ध गराउनुपर्नेछ।

    AGNI GROUP

    नियम उल्लंघन गर्दै पासवर्ड दिन अस्वीकार गर्ने व्यक्तिलाई अधिकतम एक वर्षसम्म कैद र एक लाख हङकङ डलरसम्म जरिवाना हुने व्यवस्था गरिएको छ। त्यसैगरी, अनुसन्धानका क्रममा गलत वा भ्रामक जानकारी दिने व्यक्तिलाई तीन वर्षसम्म जेल सजाय हुन सक्ने प्रावधान राखिएको छ।

    हङकङका प्रमुख कार्यकारी जोन ली ले विधान परिषदको प्रक्रिया नअपनाई सिधै यो संशोधन घोषणा गरेको बीबीसी को समाचारमा उल्लेख छ।

    नयाँ नियमले भन्सार अधिकारीहरूलाई समेत थप अधिकार प्रदान गरेको छ । जसअनुसार उनीहरूले राजद्रोहको आशंका गरिएका सामग्री जफत गर्न सक्नेछन्। 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij