Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

कोलम्बियामा सैन्य विमान दुर्घटना: ६६ जनाको मृत्यु

कोलम्बियामा सैन्य विमान दुर्घटना: ६६ जनाको मृत्यु

  • काठमाडौँ । कोलम्बियामा सैन्य विमान उड्ने क्रममा दुर्घटना हुँदा ६६ जनाको मृत्यु भएको छ। दुर्घटनाका घाइतेको उद्धार गरी नजिकैका अस्पताल पुर्‍याइएको छ भने हराइरहेका चार जनाको खोजी भइरहेको उच्च अधिकारीले जानकारी दिएका छन्।

    onlinepatrika
    Arghakhachi

    देशको सशस्त्र बलका प्रमुख ह्युगो अलेजान्ड्रो लोपेजका अनुसार ‘लकहिड मार्टिन’ कम्पनीले निर्माण गरेको ‘हर्कुलस सी(१३०’ नामक उक्त विमानमा १२८ जना सवार थिए। विमानमा वायुसेनाका ११ सदस्य, सेनाका ११५ कर्मचारी र दुई जना राष्ट्रिय प्रहरी अधिकारी रहेका थिए।

    AGNI GROUP

    दुर्घटनास्थलमा बेपत्ताहरूको खोजी र शव संकलन कार्य जारी रहेको छ। त्यहाँका रक्षामन्त्री पेड्रो सान्चेजले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत दिएको जानकारीअनुसार पेरुसँगको सीमा क्षेत्रमा रहेको पुएर्तो लेगुइजामोबाट उड्ने क्रममा उक्त विमान दुर्घटनामा परेको हो। दमकल विभागका अधिकारी एडुआर्डो सान जुआन काल्लेजसले स्थानीय सञ्चारमाध्यम ‘काराकोल’ लाई बताएअनुसार उड्न लाग्दा धावनमार्गको अन्तिम बिन्दुतिर विमान ठोक्किएको र त्यसपछि भुइँमा खस्ने क्रममा एउटा पखेटा रूखमा अल्झिएको थियो।

    खस्ने क्रममा विमानमा आगलागी भएको र भित्र रहेका विस्फोटक पदार्थ पड्किएको समेत उनले जानकारी दिए। विकट क्षेत्रमा भएको यस दुर्घटनामा स्थानीय बासिन्दाले सबैभन्दा पहिले उद्धार सुरु गरेका थिए। सार्वजनिक भएका भिडियोमा स्थानीयले घाइते सैनिकलाई मोटरसाइकलमा राखेर धुलाम्मे सडक हुँदै अस्पताल पुर्‍याइरहेको देखिन्छ।

    पछि सैन्य सवारीसाधन घटनास्थल पुगे पनि भौगोलिक विकटताका कारण उद्धार कार्यमा बाधा पुगेको अधिकारीले बताएका छन्। सशस्त्र बलका प्रमुख लोपेजका अनुसार ५७ जना घाइतेको अस्पतालमा उपचार भइरहेको छ, जसमध्ये ३० जनाको अवस्था सामान्य रहेको र उनीहरूलाई सैनिक क्लिनिकमा राखिएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij