
May 01 2025 | २०८२, वैशाख १८ गते
काठमाडौं । दीपक श्रेष्ठको निर्देशन रहने फिल्म शुभ–मुहूर्त गरिएको छ । मंगलबार बिहान कमलादी गणेशस्थानमा कलाकार तथा प्राविधिकको उपस्थितिमा फिल्मको मुहूर्त गरिएको हो । केही समयअघि यस चलचित्रमा चर्चित पत्रकार ऋषि धमलाकी पत्नी एलिजा गौतमले अभिनय गर्ने बताइएको थियो । तर अब भने उनको स्थानमा अर्की अभिनेत्री लक्ष्मी बर्देवा आएकी छिन् ।
निर्माण टिमले एलिजाको स्थानमा लक्ष्मीलाई अनुबन्ध गरेको हो । अब यस फिल्ममा लक्ष्मीसँग अभिनेता गौरव पहारीले जोडि बाँध्नेछन् । यस फिल्मको छायांकन काठमाडौं र चित्लाङमा गरिने बताइएको छ ।
चलचित्र ‘रङ वे’ निर्देशनपछि कुनै चलचित्र नबनाएका उनी झण्डै ७ वर्षपछि चलचित्र निर्देशनमा फर्किदैछन् । अहिले घिन्ताङ’ को स्क्रिप्टको काम भइरहेको जनाइएको छ । चलचित्रमा गाउँघरमा बस्ने नेपालीको वास्तविक कथालाई समेटिने बताइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij