Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । संयुक्त राज्य अमेरिकाले हालै सम्पन्न निर्वाचनमा रास्वपाको विजयका लागि सभापति रवि लामिछानेलाई बधाई दिएको छ ।
दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी विशेष दूत सर्जिओ गोरले सभापति रवि लामिछानेलाई चैत १० गते फोन गरी निर्वाचनमा प्राप्त जितका लागि रास्वपालाई बधाई दिएको काठमाडौंस्थित दूतावासले जनाएको छ ।
अमेरिका नेपालको नयाँ सरकारसँग सहकार्य गर्दै हाम्रो आर्थिक साझेदारीको सुदृढीकरण गर्न र हाम्रा दुई देशबिचको मित्रतालाई अझ गहिरो बनाउन उत्सुक रहेको समेत दूतावासले जनाएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij