Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

वार्ताको प्रस्ताव राख्नु अमेरिकाको हार हो : इरानी विदेशमन्त्री

वार्ताको प्रस्ताव राख्नु अमेरिकाको हार हो : इरानी विदेशमन्त्री

  • काठमाडौँ । इरानी विदेशमन्त्री अब्बास अराघचीले अमेरिकासँगको वार्ता प्रस्तावलाई वासिङ्टनको असफलताको रूपमा चित्रण गरेका छन्।

    onlinepatrika
    Arghakhachi

    इरानी सरकारी टेलिभिजन (आईआरआइबी) लाई बुधबार अन्तर्वार्ता दिँदै उनले पहिले ‘बिना सर्त आत्मसमर्पण’ को माग गर्ने अमेरिकाले अहिले वार्ताको कुरा गर्नु नै उसको हार भएको दाबी गरेका हुन्।

    AGNI GROUP

    अराघचीले अमेरिकाको फेरिएको शैलीले उसको पहिलेको रणनीति असफल भएको प्रमाणित गर्ने तर्क गरे। पछिल्ला केही दिनमा अमेरिकाले मित्र राष्ट्रहरूमार्फत तेहरानलाई कैयौँ सन्देशहरू पठाएको विदेशमन्त्री अराघचीले स्वीकार गरेका छन्। तर, उनले ती सञ्चारका माध्यमहरूलाई औपचारिक वार्ता वा संवाद भन्न नमिल्ने स्पष्ट पारे।

    अमेरिकाले पठाएका सन्देशहरूको जवाफमा इरानले आफ्नो अडान र चेतावनीहरू मात्र पठाउने गरेको र यसलाई केवल ‘सन्देश आदानप्रदान’ मात्र मान्न सकिने उनको भनाइ छ। ती सन्देशहरूमा उठाइएका विषयहरू इरानका उच्च अधिकारीहरूसम्म पुर्‍याइएको र आवश्यक परेमा उनीहरूले नै आधिकारिक धारणा सार्वजनिक गर्ने अराघचीले बताए।

    अर्कोतर्फ, ह्वाइट हाउसले भने इरानसँगको वार्ता तीव्र गतिमा अघि बढिरहेको दाबी गरेको छ। इरानले युद्ध अन्त्यका लागि अघि सारिएको १५ बुँदे योजनालाई तत्काल स्वीकार नगरे पनि वार्ता प्रक्रिया जारी रहेको अमेरिकाको बुझाइ छ। यद्यपि, इरानी पक्षले भने अमेरिकाको यो दाबीलाई अस्वीकार गर्दै आएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij