Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

  • काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार ९०० रुपैयाँले घटेको हो।

    onlinepatrika
    Arghakhachi

    महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८५ हजार ६०० रुपैयाँ कायम भएको छ । त्यसैगरी, प्रति १० ग्राम सुनको मूल्य २ लाख ४४ हजार ८५५ रुपैयाँ तोकिएको छ।

    AGNI GROUP

    अघिल्लो दिन सुन प्रतितोला २ लाख ८८ हजार ५०० रुपैयाँ र प्रति १० ग्राम २ लाख ४७ हजार ३४० रुपैयाँमा कारोबार भएको थियो । सुनसँगै आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ।

    चाँदी तोलामा १०० रुपैयाँले घटेर प्रतितोला ४ हजार ८२० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, प्रति १० ग्राम चाँदीको मूल्य ४ हजार १३३ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

    अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ९२० रुपैयाँ र प्रति १० ग्राम ४ हजार २१८ रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढावको प्रभाव स्थानीय बजारमा पनि पर्दै आएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij