Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । मोरङमा टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । कानेपोखरी गाउँपालिका–७ मा जहदाबाट कानेपोखरीतर्फ जाँदै गरेको को १ ख ६३३१ नम्बरको टिपरको ठक्करबाट बिहीबार (चैत १२) बिहान साइकलयात्रीको मृत्यु भएको हो ।
मृत्यु हुनेमा सोही ठाउँ बस्ने ५८ वर्षीय वीरेन्द्र कार्की छन् । टिपरको ठक्करबाट गम्भीर घाइते भएका उनको मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मंगलबारेमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij