Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, शुक्रबार ९चैत १३० सुन तोलामा ४६ सय रुपैयाँले घटेको हो ।
महासंघका अनुसार, आजका लागि प्रतितोला दुई लाख ८१ हजार रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन दुई लाख ८५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको भाउ पनि घटेको छ । यस दिन तोलामा १५० रुपैयाँले घटेर चार हजार ६७० कायम भएको छ ।
अघिल्लो दिन चार हजार ८२० रुपैयाँमा कारोबार भएको थियो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij