Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

  • काठमाडौं । नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार ५ सय रुपैयाँले ओरालो लागेको हो ।

    onlinepatrika
    Arghakhachi

    महासंघका अनुसार आज बजारमा सुन प्रतितोला २ लाख ८३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन अर्थात् हिजो सुनको मूल्य प्रतितोला २ लाख ८६ हजार रुपैयाँ रहेको थियो ।

    AGNI GROUP

    त्यसैगरी, आज १० ग्राम सुनको मूल्य २ लाख ४३ हजार ५५ रुपैयाँ कायम गरिएको छ । हिजो १० ग्राम सुनको मूल्य २ लाख ४५ हजार २ सय रुपैयाँ तोकिएको थियो ।
    सुनसँगै आज चाँदीको मूल्य पनि सामान्य घटेको छ ।

    महासंघका अनुसार चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेर प्रतितोला ४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी प्रतितोला ४ हजार ७ सय २० रुपैयाँमा किनबेच भएको थियो । त्यस्तै, आज १० ग्राम चाँदीको मूल्य ४ हजार ३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । हिजो १० ग्राम चाँदीको मूल्य ४ हजार ४७ रुपैयाँ रहेको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij