Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

भारत आउँदै गरेको इरानी विमानमाथि अमेरिकी हमला

भारत आउँदै गरेको इरानी विमानमाथि अमेरिकी हमला

  • काठमाडौं । भारतका लागि उडान भर्दै गरेको मानवीय मिसनको विमानमाथि अमेरिकी हवाई हमला भएपछि इरान आक्रोशित बनेको छ । घटनापछि इरानले यसलाई ‘युद्ध अपराध’ करार दिँदै अमेरिकामाथि अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गरेको आरोप लगाएको छ । 

    onlinepatrika
    Arghakhachi

    रिपोर्टका अनुसार, महान एयरको उक्त विमान इरानको मशहद अन्तर्राष्ट्रिय विमानस्थलबाट नयाँदिल्लीका लागि उडान भर्ने तयारीमा थियो । यो विमान मानवीय सहायता मिसनका लागि नयाँदिल्ली आउन लागेको थियो, जहाँबाट उसले राहत सामग्री लैजाने योजना थियो । हमलाका कारण विमान क्षतिग्रस्त भएको र पूर्वनियोजित मानवीय सहायता मिसन अवरुद्ध भएको बताइएको छ ।

    AGNI GROUP

    इरानद्वारा कडा आपत्ति
    भारतस्थित इरानी दूतावासले सिभिल एभिएसन अर्गनाइजेसनका नियमहरूअनुसार मानवीय मिसनमा खटिएका नागरिक विमानहरूलाई निसाना बनाउनु अन्तर्राष्ट्रिय कानुनको उल्लंघन भएको बताएको छ । दूतावासले भनेको छ, “औषधि र चिकित्सा उपकरण बोकेको यस इरानी विमानमाथि हमला गर्नु युद्ध अपराध हो ।”

    इरानी दूतावासका अनुसार, शिकागो कन्भेन्सन ९१९४४० र मोन्ट्रियल कन्भेन्सन ९१९७१० अन्तर्गत नागरिक विमानहरूमाथिको हमला अन्तर्राष्ट्रिय अपराध मानिन्छ । जेनेभा कन्भेन्सनको अतिरिक्त प्रोटोकल आई, अनुच्छेद ५२ अनुसार मानवीय सहायता विमानलगायत नागरिक वस्तुहरूमाथिको हमला युद्ध अपराधको श्रेणीमा आउँछ ।

    दूतावासले अमेरिकाविरुद्ध अन्तर्राष्ट्रियस्तरमा कारबाहीको माग गरेको छ । र, भविष्यमा यस्ता घटनाहरू नदोहोरिने सुनिश्चित गर्नुपर्ने बताएको छ ।

    उक्त विमान अप्रिल १ को बिहान ४ बजे नयाँदिल्ली आइपुग्ने तालिका थियो । यो घटनापछि नागरिक उड्डयनको सुरक्षालाई लिएर चिन्ता बढेको छ । महान एयर एक निजी स्वामित्वको इरानी एयरलाइन्स हो जसले पश्चिम एसिया, मध्य एसिया, दक्षिण एसिया, दक्षिण–पूर्वी एसिया र पूर्वी एसियाका धेरै देशहरूमा उडान सञ्चालन गर्दछ ।

    भारतबाट राहत सामग्री लैजाने योजना
    क्षतिग्रस्त विमानले भारतबाट औषधिलगायत ११ टन मानवीय सहायता सामग्री इरान लैजानुपर्ने थियो । यसअघिका खेपहरूमा भारतीय उडानहरू प्रयोग गरिएको थिएन । इरानका लागि भारतको पहिलो सहायता खेप १८ मार्च २०२६ मा पठाइएको थियो । त्यतिबेला भारतले उक्त सहायता दुई देशबीचको मित्रता र सभ्यतागत सम्बन्धको प्रतीक भएको बताएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij