Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

नेप्सेमा उच्च अंकको गिरावट, १२ अर्ब १० करोडको कारोबार

नेप्सेमा उच्च अंकको गिरावट, १२ अर्ब १० करोडको कारोबार

  • काठमाडौं । साताको कारोबारको चौथो दिन बुधवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा उच्च अंकको गिरावट आएको छ ।

    onlinepatrika
    Arghakhachi

    नेप्से परिसूचक ७४.७३ अंकले घटेर २ हजार ७ सय ७६ दशमलव ३६ विन्दुमा बन्द भएको हो ।

    AGNI GROUP

    आज १२ अर्ब १० करोड ९५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आजको कारोबारमा १३ सय कम्पनीको शेयरमूल्य बढ्दा २५५ वटाको घटेको छ ।

    घटेको बजारमा दुई कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । जसमा रिलायन्स स्पिनिङ मिल्स लिमिटेड र सुपरखुदी हाइड्रोपावर लिमिटेड रहेका छन् । यी दुई वटै कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

    नेपाल रि–इन्स्योरेन्स कम्पनीमा लगानी गर्ने लगानीकर्ताहरूले सर्वाधिक गुमाए । यस कम्पनीको शेयरमूल्य ९.८४ प्रतिशतले घटेको छ । सर्वाधिक कारोबार भने हिमालयन रि–इन्स्योरेन्स कम्पनीको भएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij