Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । सर्वोच्च अदालतले महान्यायाधिवक्ता नारायणदत्त कँडेलको नियुक्त बदरको माग गर्दै दायर गरेको रिट निवदेन दर्ता गर्न अस्वीकार गरेको छ ।
अधिवक्ता माधव कुमार बस्नेतले महान्यायाधिवक्ता पदमा गरिएको नियुक्ति बदर गर्न माग गर्दै दायर गरेको रिट निवेदन अदालतले दर्ता गर्न अस्वीकार गरेको हो ।
बस्नेतले दायर गरेको उक्त निवेदनमा विपक्षीहरूबाट नेपालको संविधानको धारा १५७ (३) र १२९ (५)विपरीत योग्यता नपुगेका डा.कँडेललाई महान्यायाधिवक्ताको पदमा सिफारिस तथा नियुक्ति गरिएको दाबी गरिएको थियो।
निवेदनमा २२ गते गरिएको नियुक्ति तथा सोही दिन गराइएको शपथलाई उत्प्रेषणको आदेशमार्फत बदर गर्न र अधिकारपृच्छाको आदेश जारी गर्न माग गरिएको थियो। साथै, अन्तिम निर्णय नआउँदासम्म उनलाई महान्यायाधिवक्ताको हैसियतमा काम नगर्न र नगराउन अन्तरिम आदेश समेत माग गरेको थियो।
तर सर्वोच्च अदालतले निवेदकले दाबी पुष्टि गर्ने आवश्यक कागजात पेश नगरेको र वैकल्पिक कानूनी उपचारको बाटो उपलब्ध रहेको उल्लेख गर्दै निवेदन दर्ता गर्न नमिल्ने ठहर गर्दै दरपीठ गरेको हो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij