
May 01 2025 | २०८२, वैशाख १८ गते
काठमाडौँ । कतिपय सेलिब्रेटी आफ्नो प्रेम सम्बन्ध लुकाएरै राख्न रुचाउँछन्। तर सामाजिक सञ्जालमा प्रेम सम्बन्ध खुलाउने सेलिब्रेटीको कमी छैन। गायिका ईन्दिरा जोशीले बुधबार (आज) फेसबुकमार्फत आफ्नो प्रेम सम्बन्धबारे खुलाएकी छिन्। उनले आफू दुई वर्षदेखि प्रेम सम्बन्धमा रहेको खुलाएकी हुन्। बुधबार फेसबुकमा फोटो पोस्ट गर्दै उनले लेखेकी छन्,'उनले भने-म तिम्रो तारा। तिमी मेरो जून। प्रतिबद्धताको औंठी।'
आफ्नो हातमा लगाएको औंठीको फोटो सेयर गर्दै उनले फोटो क्याप्सनमा लेखेकी छन्, '२ वर्षको साथ र आउँदो जीवनका समयको निरन्तरता...अन्तिम श्वाससम्म हामी सँगै हुनेछौं।'
उनी प्रेम सम्बन्धमा छन् वा छैनन् भन्ने धेरैको चासो बनेको थियो। तर ईन्दिराले उनको प्रेमीको अनुहार खुलाएकी छैनन्। यसपछि उनका प्रशंसकहरूमा जिज्ञासा बढेको छ-को होलान् त गायिका ईन्दिरा जोशीको प्रेमी ?
नेपाल आइडलकी जजसमेत बनिसकेकी ईन्दिरा जोशीका 'चौबन्दी चौली अनि रातो घांगराु, 'बेहुलीु, 'उध्रेको चोलीु, 'मोटरसाइकमा'आदि गीत चर्चित छन्।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij