Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

अर्थमन्त्रीलाई मेयर चिरिबाबुको प्रस्ताव

अर्थमन्त्रीलाई मेयर चिरिबाबुको प्रस्ताव

  • काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले आर्थिक वर्षको सिजन नै चेन्ज गर्न अर्थमन्त्री समक्ष प्रस्ताव गरेका छन् । अन्तर-सरकारी वित्त परिषद् तथा विषयगत समितिको बैठकमा मेयर महर्जनले बजेट कार्यान्वयन गर्न सहज हुनेगरी आर्थिक वर्षको समय परिवर्तन गर्न अर्थमन्त्री डा। स्वर्णिम वाग्लेलाई प्रस्ताव गरे ।

    onlinepatrika
    Arghakhachi

    उनले भने, अर्थमन्त्रीज्यूलाई मेरो पहिलो प्रस्ताव छ, आर्थिक वर्ष नै चेन्ज गरौँ । विकासका गतिविधि सञ्चालनमा सहज हुनेगरी, हिउँदै काम गर्न सकिनेगरी आर्थिक वर्षको समय परिवर्तन गरौँ । 

    AGNI GROUP

    अहिलेको आर्थिक वर्ष (साउनदेखि असार मसान्तसम्म)को समय बजेट कार्यान्वयनका लागि उति व्यावहारिक नदेखिएको भन्दै मेयर महर्जनले सरकारले पहिला यसमा काम गर्नुपर्ने उनले बताए ।

    यसै अवसरमा मेयर महर्जनले आगामी आर्थिक वर्षको बजेट बढीभन्दा बढी स्थानीय पालिका केन्द्रित, पालिकाहरूलाई अधिकार सम्पन्न बनाउने गरी जानुपर्ने बताए । 

    बजेट कार्यान्वयन केही ऐनहरू बाधक र जटिल रहेको अवस्थामा त्यस्ता ऐन नियमहरू तत्काल संशोधन गरेर अघि बढ्नुपर्ने समेत उनले बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij