Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

इरानको ब्ल्याकमेल अब चल्दैन- ट्रम्प

इरानको ब्ल्याकमेल अब चल्दैन- ट्रम्प

  • काठमाडाैं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको 'ब्ल्याकमेल' अब नचल्ने बताएका छन्।

    onlinepatrika
    Arghakhachi

    शनिबार ओभल अफिसमा पत्रकारहरूसँगको कुराकानीमा ट्रम्पले इरानले स्ट्रेट अफ हर्मुज बन्द गरेर ब्ल्याकमेल गरेको दाबी गर्दै अब त्यस्तो तरिकाले काम नगर्ने बताएका हुन्।

    AGNI GROUP

    'इरानले हर्मुज बन्द गरेर अमेरिकालाई अब ब्ल्याकमेल गर्न सक्दैन,' उनले भने।

    शुक्रबार इरानले स्ट्रेट अफ हर्मुज अस्थायी रूपमा खुला गरिएको घोषणा गरेको थियो। तर शनिबार नै फेरि इस्लामिक रिभोलुसनरी गार्ड कोर्स (आइआरजिसी)ले हर्मुजमा फेरि कडा नियन्त्रण कायम गरिएको दाबी गरेको थियो।

    हर्मुज खुला गरे पनि अमेरिकाले इरानमाथिको नाकाबन्दी नहटाएका कारण आइआरजिसीले  हर्मुज पहिलेकै अवस्थामा ल्याइएको दाबी गरेको थियो।

    ओभल अफिसमा पत्रकारहरूसँगको कुराकानीमा ट्रम्पले इरानसँग राम्ररी कुराकानी भइरहेको पनि बताएका छन्।

    यद्यपि इस्लामावादमा हुने भनिएको दोस्रो चरणको वार्ता अझै अनिश्चित रहेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।

    ट्रम्पले आइतबारसम्म इस्लामावादमा फेरि वार्ता हुन सक्ने बताउँदै आएका थिए। तर इस्लामावादमा त्यसको तयारी नदेखिएको र इरानी अधिकारीहरू पनि तत्काल वार्ताका लागि तयार नभएको भनेर कतारी मिडिया अलजजिराले लेखेको छ।

    ट्रम्पले बुधबारसम्म दीर्घकालीन सम्झौता गर्न इरानलाई चेतावनी दिएका छन्। गत बुधबार अमेरिका र इरानबीच दुई साताको युद्धविराम घोषणा भएको थियो। ट्रम्पले उक्त समयअवधि नबढाउने र युद्धविराम अवधिभित्रै सम्झौता नभए इरानमाथि फेरि बम खसाल्नुपर्ने अवस्था आएने बताएका छन्।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij