Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । भारतको तमिलनाडुको कट्टनारपट्टी क्षेत्रमा रहेको एक पटाका कारखानामा विस्फोटमा कम्तीमा २३ जनाको मृत्यु भएको छ। घटनामा ६ जना घाइते भएका छन्। घाइतेहरूको नजिकैको अस्पतालमा उपचार भइरहेको छ।
यो कारखाना विरुधुनगर जिल्लाको वाचक्करपट्टी प्रहरी चौकीअन्तर्गत पर्ने कट्टनारपट्टी क्षेत्रमा अवस्थित छ। उक्त कारखानामा ५० भन्दा बढी कोठा रहेको र १०० भन्दा बढी कर्मचारी कार्यरत रहेको बताइएको छ।
आइतबार दिउँसो अचानक कारखानामा विस्फोट भएको प्रत्यक्षदर्शीले बताएका छन्। विस्फोट अगाडिको बरन्डामा भएको थियो, जसका कारण त्यहाँ काम गरिरहेका मजदुरहरू घाइते भएका थिए।
जिल्ला अग्निशमन अधिकारी गणेशनका अनुसार पटाकाहरू लगातार पड्केका कारण उद्धार कार्यमा कठिनाइ भएको थियो। विरुधुनगर जिल्ला पटाका र सलाई उत्पादनका लागि प्रसिद्ध मानिन्छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij