Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । स्थानीय बजारमा सुनको भाउ घटेको छ । बुधबार तोलामा ८०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज प्रतितोला तीन लाख ५०० कायम भएको छ ।
हिजो तीन लाख एक हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदी भने तोलामा ३० रुपैयाँले घटेर प्रतितोला पाँच हजार १३० कायम भएको छ ।
मंगलबार पाँच हजार १६० रुपैयाँ थियो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij