
May 01 2025 | २०८२, वैशाख १८ गते
अमेरिकी टेलिभिजन तथा फेसन आइकन किम कार्डाशियनले र्यापर कान्य वेष्टसँग सम्बन्ध विच्छेदका लागि मुद्दा दायर गरेकी छन् । विगत सात वर्षदेखिको वैवाहिक सम्बन्ध विच्छेदका लागी किमले मुद्दा दायर गरेकी बीबीसीले जनाएको छ ।
उनीहरुका चार सन्तान छन् । उनीहरुको वैवाहिक सम्बन्ध संकटमा रहेको हल्ला चलिरहँदा किमले सम्बन्ध विच्छेदका लागि मुद्दा दायर गरेको खबर सेलिब्रेटी सम्बन्धी खबर दिने वेबसाइट टिएमजेडले पहिलोपटक प्रकाशित गरेको समाचारमा जनाइएको छ ।
४० वर्षे रियालिटी स्टार किमले सन्तानको कानूनी तथा भौतिक अधिकार संयुक्त हुनुपर्ने माग गरेकी छन् । यद्यपी यस विषयमा किम र कान्य दुबैले कुनै प्रतिक्रिया जनाएका छैनन् । एजेन्सी ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij