Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सुन र चाँदीको मूल्यमा गिरावट

सुन र चाँदीको मूल्यमा गिरावट

  • काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्यमा कमी आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्यमा प्रतितोला दुई हजार २०० रुपैयाँले गिरावट आएको छ।

    onlinepatrika
    Arghakhachi

    महासंघले सार्वजनिक गरेको विवरणअनुसार बिहीबार प्रतितोला दुई लाख ९८ हजार ७०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज शुक्रबार घटेर दुई लाख ९६ हजार ५०० रुपैयाँ कायम भएको छ।

    AGNI GROUP

    सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट देखिएको छ। बिहीबार प्रतितोला पाँच हजार २० रुपैयाँमा कारोबार भएको चाँदी आज चार हजार ९४५ रुपैयाँमा झरेको छ। यसरी आज चाँदीको मूल्य प्रतितोला ७५ रुपैयाँले घटेको हो।

    अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावका कारण नेपाली बजारमा पनि सुनचाँदीको भाउमा फेरबदल भइरहेको महासंघले जनाएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij