Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

डिजिटल कार्ड कार्यान्वयन गर्न स्वास्थ्य बीमा बोर्डको निर्देशन

डिजिटल कार्ड कार्यान्वयन गर्न स्वास्थ्य बीमा बोर्डको निर्देशन

  • काठमाडौं । स्वास्थ्य बीमा बोर्डले सेवा प्रवाहलाई सहज र प्रभावकारी बनाउन स्वास्थ्य बीमा सम्बन्धी डिजिटल कार्डको प्रयोग अनिवार्य गर्न सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई निर्देशन दिएको छ ।

    onlinepatrika
    Arghakhachi

    बोर्डले जारी गरेको सूचनाअनुसार, बिरामीसँग भौतिक बीमा कार्ड नभएको अवस्थामा पनि नागरिक एप वा एच आइ बी प्रोफाइलमा रहेको डिजिटल कार्डमार्फत क्यूआर कोड स्क्यान गरी सेवा उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ । 

    AGNI GROUP

    यससम्बन्धी निर्णय २०८० फागुन २४ गते बसेको बोर्ड बैठकबाट भइसकेको र सोही आधारमा परिपत्र समेत जारी गरिएको जनाइएको छ ।

    तर केही स्वास्थ्य संस्थाहरूले डिजिटल कार्डमार्फत सेवा नदिएको गुनासो आएपछि बोर्डले उक्त व्यवस्था कडाइका साथ कार्यान्वयन गर्न पुनः निर्देशन दिएको हो । अब सबै सेवा प्रदायक संस्थाहरूले डिजिटल कार्डलाई अनिवार्य रूपमा स्वीकार गरी बीमितलाई सेवा दिनुपर्ने बोर्डले स्पष्ट पारेको छ ।

    वरिष्ठ मेडिकल सुपरिन्टेन्डेन्ट डा। पवन कुमार साहद्वारा हस्ताक्षरित सूचनामा बीमितको सुविधालाई प्राथमिकतामा राख्दै प्रविधिमैत्री सेवा प्रवाह सुनिश्चित गर्न आग्रह गरिएको छ ।

    यस निर्णयसँगै स्वास्थ्य बीमा सेवा थप सहज, छिटो र कागजरहित हुने अपेक्षा गरिएको छ ।

    image-101.png
    undefined

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij