Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ६ अंक बढेर बन्द भएको छ ।
अघिल्लो कारोबार दिन अर्थात गत शुक्रबार १.५४ अंक बढेर २७८८.७० विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ६.५० अंक बढेर २७९५.२१ विन्दुमा पुगेको छ । सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.९५ अंक बढेको छ ।
सोमबार प्रि ओपन सेसनमा ६७ स्टकको १८४ पटकको कारोबारमा २ करोड ३० लाख १६ हजार ८८५ रुपैयाँ २० पैसाबराबरको २५ हजार ९४४ कित्ता शेयर खरिदबिक्री भएको छ । जसमध्ये २७ स्टकको मूल्य बढेको छ भने ३४ स्टकको मूल्य घटेको छ । बाँकी ६ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij