Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

ट्रम्पको डिनर पार्टीमा गोली चलाउने व्यक्तिमाथि यी आरोप, हुनसक्छ आजीवन कारावास

ट्रम्पको डिनर पार्टीमा गोली चलाउने व्यक्तिमाथि यी आरोप, हुनसक्छ आजीवन कारावास

  • काठमाडौं । ह्वाइट हाउस संवाददाता डिनरका क्रममा गोली चलाउने व्यक्तिमाथि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या प्रयास गरेको आरोप लगाइएको छ।

    onlinepatrika
    Arghakhachi

    ३१ वर्षीय कोल टोमस एलेनलाई सोमबार वासिङ्टन डीसीको अदालतमा पेश गर्दा हतियारसम्बन्धी दुई आरोप पनि लगाइएको छ। यद्यपि, उनले कुनै बयान दिएका छैनन्।

    AGNI GROUP

    न्यायाधीशका प्रश्नको उनले मधुरो स्वरमा जवाफ दिएका थिए र प्रायः हरेक प्रश्नमा ‘हजुर, माननीय’ वा ‘होइन, माननीय’ भनेका थिए।

    यदि संदिग्ध व्यक्ति दोषी ठहरिए उनलाई आजीवन कारावास सजाय हुन सक्छ।

    रात्रिभोजमा गोली चल्दा एक गोप्य सुरक्षा सेवाका अधिकारी घाइते भएका थिए, तर गम्भीर चोट लागेको थिएन।

    संदिग्ध आक्रमणकारीले लिंक्डइनमा आफूलाई मेकानिकल इन्जिनियर, खेल विकासकर्ता र शिक्षक भनेर उल्लेख गरेका छन्। उनी क्यालिफोर्नियाको टोरेन्सका बासिन्दा हुन्।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij