Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ । अफगानिस्तानका उप-सरकारी प्रवक्ता हमदुल्लाह फित्रतले सोमबार सामाजिक सञ्जालमा दिएको जानकारीअनुसार पाकिस्तानले पूर्वी अफगानिस्तानको कुनार प्रान्तमा मर्टार र रकेट प्रहार गरेको छ ।
यस आक्रमणमा चार जनाको ज्यान गएको छ भने ७० जना घाइते भएका छन् ।
कुनार प्रान्तका अधिकारीहरूकाअनुसार घाइतेहरूलाई उपचारका लागि नजिकैका स्वास्थ्य संस्थाहरूमा लगिएको छ ।
स्थानीय सुरक्षा स्थिति अहिले पनि तनावपूर्ण रहेको छ ।
साथै कान्दाहार प्रान्तको लुकमान-स्पिन बोल्दाक क्षेत्रमा पनि मर्टार प्रहार भएको स्थानीय समाचार माध्यम टोलो न्युजले जनाएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij