Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

बुद्ध जयन्तीमा ओलीको सन्देश : करुणा, शान्ति र सहिष्णुताको मार्ग अपनाउन आह्वान

बुद्ध जयन्तीमा ओलीको सन्देश : करुणा, शान्ति र सहिष्णुताको मार्ग अपनाउन आह्वान

  • काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बुद्ध जयन्तीका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आजकै शान्तिका अग्रदूत सिद्धार्थ गौतमको जन्म भई मानव इतिहासले करुणाको उज्यालो देखेको उल्लेख गरेका छन् । यही दिन सिद्धार्थ गौतमले बोधि प्राप्त गरी भगवान गौतम बुद्धका रूपमा मानव सभ्यतामा स्थापित भएको उनको भनाइ छ ।

    AGNI GROUP

    ओलीले करिब २५७० वर्षअघि यही दिन भगवान बुद्ध महापरिनिर्वाणमा विलीन भएको स्मरण गर्दै बुद्धको जीवनले सत्य, अहिंसा, करुणा र शान्तिको मार्ग देखाएको बताए।

    उनले देशभित्र तथा विश्वभर शान्ति, सहिष्णुता र मैत्रीभाव कायम रहोस् भन्ने कामना व्यक्त गर्दै बुद्धको शाश्वत सन्देशलाई आत्मसात् गर्न सबैलाई आग्रह गरेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij