Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

साततलेमा भेटिए नक्कली हतियार र बर्दी, चाम्लिङलाई नियन्त्रणमा लिएर सोधपुछ

साततलेमा भेटिए नक्कली हतियार र बर्दी, चाम्लिङलाई नियन्त्रणमा लिएर सोधपुछ

  • काठमाडौं । आइतबार रुद्रमति खोलाको अनामनगर-घट्टेकुलो खण्डमा सरकारी जमिनमा बनेका घर-टहरा हटाउने क्रममा बहुचर्चित चाम्लिङ कम्प्लेक्सबाट प्रहरीका हतियार र बर्दी भेटिएको चर्चा छ । वास्तविकता भने फरक छ ।

    onlinepatrika
    Arghakhachi

    जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार उक्त घरमा फिल्म निर्माण गर्ने कम्पनीको अफिस रहेको र उक्त कम्पनीले ती सामान राखेको थियो । हतियारजस्तो देखिए पनि त्यो साच्चैको हतियार नभएर डमीमात्रै भएको भट्टराईले बताए ।

    AGNI GROUP

    त्यहाँबाट प्रहरीको कम्ब्याट ड्रेस, पानीको टुम्लेट र डमी हतियार बरामद भएको उनले पुष्टि गरे । त्यसबारे जानकारी लिनका लागि उक्त घरका धनी इन्द्र चाम्लिङलाई प्रहरी परिसरमा बोलाइएको एसपी भट्टराईले बताए । उनलाई आवश्यक सोधपुछपछि आइतबार बेलुकी नै छाडिएको हो ।

    यद्यपि ती सामानबारे अनुसन्धान जारी रहेको भट्टराई बताउँछन् ।

    ‘त्यसरी सुरक्षा सामग्री बिनाअनुमति राख्ने कुराको अनुसन्धान गर्नैपर्छ, अहिलेसम्म खुलेका कुरा नै सत्य हुन् भने आपत्ति भएन’, उनले भने । चाम्लिङ र उक्त कम्पनीका सञ्चालकलाई आवश्यक परे फेरि बोलाउन सकिने उनले बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij