Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ । यस दिन सुन प्रतितोला तीन हजार ८०० रुपैयाँ, चाँदी तोलामा १५० रुपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९१ हजार रुपैयाँमा खरिदबिक्री भइरहेको छ । सोमबारको बजारमा सुन प्रतितोला दुई लाख ९४ हजार ८०० रुपैयाँमा खरिदबिक्री भएको थियो।
यस दिन चाँदी प्रतितोला चार हजार ८ सय ४० रुपैयाँ खरिदबिक्री भइरहेको छ । गत सोमबारको बजारमा चाँदी प्रतितोला पाँच हजार ३० रुपैयाँमा खरिदबिक्री भएको थियो।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij