Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । बाँकेमा साथीहरु संगै बर्तबन्धमा पुगेका एक युवकको हत्या भएको छ।
जिल्लाको खजुरा गाउँपालिका -६ का २२ वर्षीय विशाल चन्दको वैशाख २२ गते बिहान ६ बजेतिर आफ्नै साथीहरुको आक्रमणबाट हत्या भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक पातलीले बताए।
बर्तबन्धमा गएका साथी भाइ बीच विवाद भएको र त्यही क्रममा एक जनाले बाहिरबाट आफ्ना साथीहरु बोलाएर चन्दमाथि मदिराका बोतलसहितको बस्तुले टाउकोमा आक्रमण गर्दा उनको मृत्यु भएको डिएसपी पातलीले बताए।
‘आफ्नै साथीहरुबीच विवाद भएपछि अर्को पक्षका केटाहरू बोलाएर बिहान ६ बजेतिर चन्दमाथि मदिराका बोतल लगायतले आक्रमण गरी हत्या गरेको खुलेको छ,’ डिएसपी पातलीले भने।
टाउकोमा बोतल प्रहारबाट गम्भीर घाइते भएका युवकलाई अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए।
डिएसपी पातलीका अनुसार घटना अनुसन्धानका लागि प्रहरीले केहीलाई नियन्त्रणमा लिएर सोधपुछ गरि रहेको छ। ती मध्य चार जना जतिलाई छोडिएको भए पनि अझै प्रहरी नियन्त्रणमा १० / १२ जना रहेको प्रहरीले बताएको छ।
नियन्त्रणमा लिइएहरु माथि थप अनुसन्धान हुने प्रहरीले जनाएको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij