Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । वीर अस्पतालका निर्देशक डा.दिलिप शर्माले राजीनामा दिएका छन् ।
करीव ३ वर्ष कार्यकाल बाँकी रहदै उनले निर्देशकबाट राजीनामा दिएका हुन् । तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा उनी निर्देशक नियुक्त भएका थिए ।
वीर अस्पतालकै बरिष्ठ चिकित्सक शर्मा ओलीको मिर्गौला प्रत्यारोपण टिममा पनि थिए । नयाँ सरकारलाई काम गर्न सहज होस् भनेर आफूले राजीनामा दिएको डा.शर्माले नेपाल प्रेसलाई बताए । सरकारले ल्याएको अध्यादेशबाट खारेज हुने पद पनि उनको थिएन ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij