Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

धनुषामा ३ महिनादेखि बाख्रा मार्दै आएको चितुवा नियन्त्रणमा

धनुषामा ३ महिनादेखि बाख्रा मार्दै आएको चितुवा नियन्त्रणमा

  • काठमाडौं । धनुषाको मिथिला नगरपालिका–७ क्षेत्रमा करिब तीन महिनादेखि स्थानीय किसानका बाख्रा मार्दै आएको चितुवालाई नियन्त्रणमा लिइएको छ ।

    onlinepatrika
    Arghakhachi

    डिभिजन वन कार्यालय धनुषा, मिथिला नगरपालिका–७, स्थानीय सामुदायिक वन उपभोक्ता समूह, सामुदायिक वन उपभोक्ता महासंघ, मिथिला वाइल्डलाइफ ट्रष्ट तथा स्थानीय समुदायको संयुक्त सक्रियतापछि चितुवाको वासस्थान पहिचान गरी व्यवस्थापनको प्रयास गरिएको थियो। त्यसपछि पर्सा राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषको प्राविधिक टोलीले चितुवाको सफल उद्धार गरेको हो।

    AGNI GROUP

    वन कार्यालयका अनुसार उक्त चितुवाले मिथिला नगरपालिका–७ को एक्लेवर र केमली पाखा क्षेत्रका किसानका खोरबाट फरक–फरक समयमा करिब डेढ दर्जन बाख्रा शिकार गरेको थियो। लगातारको घटनापछि स्थानीय समुदाय त्रसित बनेका थिए।

    उद्धार टोलीका अनुसार चितुवा स्थानीयले राखेको पासोमा फसेको अवस्थामा भेटिएको थियो। त्यसपछि पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र खतिवडा र संरक्षण अधिकृत सन्तोष भगतको समन्वयमा पशु चिकित्सक डा. नविना ढकालसहितको टोली धनुषा पुगेको थियो।

    उद्धारमा राष्ट्रिय प्रकृति संरक्षण कोषका वन्यजन्तु उद्धारकर्ता फीरुलाल चौधरी, किरण ठकुरी र बुद्ध लामाको समेत सहभागिता रहेको थियो। चितुवालाई सकुशल नियन्त्रणमा लिएर सुरक्षित वासस्थानमा पुनःस्थापनाका लागि पठाइएको जनाइएको छ।

    वन्यजन्तु प्राविधिकका अनुसार चितुवा वृद्ध अवस्थामा पुगेको हुनसक्ने अनुमान गरिएको छ। जंगलभित्र बँदेल, हरिण, मृग तथा निलगाईजस्ता जनावर शिकार गर्न कठिन भएपछि उसले गाउँ नजिकका खोरभित्र रहेका बाख्रालाई सजिलो शिकारको रूपमा रोजेको हुनसक्ने बताइएको छ।

    मिथिला नगरपालिकाको चुरे क्षेत्रमा पहिलो पटक सन् २०१७ मा क्यामेरा ट्र्यापमार्फत चितुवा देखिएको थियो। त्यसपछि २०१९, २०२१ र २०२३ मा समेत सो क्षेत्रमा चितुवाको उपस्थिती रेकर्ड गरिएको थियो।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij