Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

स्वास्थ्यकर्मी नचिन्ने मन्त्री चाहिँदैन भन्दै माइतीघरमा प्रदर्शन

स्वास्थ्यकर्मी नचिन्ने मन्त्री चाहिँदैन भन्दै माइतीघरमा प्रदर्शन

  • काठमाडौं । स्थायी दरबन्दीमा सरकारले विभेदपूर्ण व्यवहार गरेको भन्दै स्वास्थ्यकर्मीहरूले माइतीघरमा प्रदर्शन गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    स्वास्थ्य क्षेत्रमा नयाँ स्थायी प्राविधिक तथा विशेषज्ञको दरबन्दी थप गर्दा हेल्थ असिस्टेन्ट, सिएमए, फार्मेसी, ल्याब टेक्निसियनलाई भने गरिएको भन्दै उनीहरूले विरोध जनाए।

    AGNI GROUP

    आफूहरूलाई दरबन्दीमा उचित स्थान नदिनु, वर्षौदेखि सेवा गर्दै आएका जनशक्तिलाई बेवास्ता गर्नु र ग्रामीण स्वास्थ्य सेवामा मूख्य भूमिका खेल्ने स्वास्थ्यकर्मीमाथि विभेद भएका कारण आफूहरू आन्दोलित हुनुपरेको उनीहरूको भनाइ छ । स्वास्थ्य क्षेत्रमा समान अवसरको व्यवस्था गर्न समेत प्रदर्शनकारीले माग गरेका छन् ।

    आन्दोलनमा सहभागीहरूले एचए, सीएमएको अधिकार खोस्न पाइँदैन, सबैलाई समान सम्मान चाहिन्छ, सवै स्वास्थ्य विधाका लागि समान सरकारी लोकसेवा परीक्षा चाहिन्छ, स्वास्थ्यकर्मी नचिन्ने स्वास्थ्य मन्त्री चाहिँदैन लगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij