Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

युवाहरुलाई संगठित गर्दै मिराज ढुंगाना, के हो उनको अभियान ?

युवाहरुलाई संगठित गर्दै मिराज ढुंगाना, के हो उनको अभियान ?

  • काठमाडौँ । जेनजी आन्दोलनका अगुवा मिराज ढुंगाना युवाहरुलाई संगठित गर्दै वैकल्पिक राजनीतिक शक्ति स्थापनाको लक्ष्यसहित नयाँ अभियानमा जुटेका छन् । उनको नेतृत्वमा देशभर युवा सञ्जाल गठन अभियान तिव्ररूपमा अगाडि बढिरहेको छ ।

    onlinepatrika
    Arghakhachi

    युवाकेन्द्रित राजनीतिक अभियान अन्तर्गत देशभरका युवालाई एकीकृत गर्दै जनताको समस्या, स्थानीयता र आकांक्षालाई नजिकबाट बुझ्ने तथा त्यसको समाधानका लागि सक्रिय पहल गर्ने लक्ष्यसहित उनले यो अभियान थालेका हुन् । अहिलेको आवश्यकता युवाको ऊर्जा, विचार र नेतृत्वलाई संगठित गरेर देश निर्माणमा केन्द्रित गर्नु भएकाले यसैका लागि विभिन्न जिल्लामा संगठन विस्तार तथा जिम्मेवारी बाँडफाँडको कार्य सुरु भएको छ ।

    AGNI GROUP

    अभियानका लागि चितवन अध्यक्षको जिम्मेवारी औपचारिक रूपमा घोषणा गरिएको छ । चितवनमा अभियानलाई प्रभावकारी ढंगले अघि बढाउन बिशु गुरुङलाई सञ्जालको जिम्मेवारी प्रदान गरिएको हो । यस्तै, विकल घताने र याञ्जल थापा मगरलाई सह–संयोजकको जिम्मेवारी तोकिएको छ ।

    सामाजिक सञ्जाल फेसबुकमा ढुंगानाले नवगठित टोलीको नेतृत्वमा चितवन जिल्लामा युवाको आवाज, जनताको आवश्यकता तथा स्थानीय समस्यालाई समेट्दै सशक्त र परिणाममुखी अभियान सञ्चालन हुने विश्वास व्यक्त गरेका छन् । युवा सशक्तीकरण, जनसहभागिता र वैकल्पिक राजनीतिक सोचलाई केन्द्रमा राखेर अघि बढाइएको यो अभियानले देशभर नयाँ राजनीतिक बहस र युवामाझ नयाँ उत्साह सिर्जना गर्ने उनको दावी छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij