Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

प्रधानमन्त्री बालेन आज पनि संसद बैठकमा नजाने

प्रधानमन्त्री बालेन आज पनि संसद बैठकमा नजाने

  • काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह आज पनि प्रतिनिधिसभाको बैठकमा नजाने भएका छन् । आज ११ बजेदेखि शुरु हुने बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल, प्रधानमन्त्रीले जवाफ दिने र पारित गर्ने कार्यसूची रहेको छ ।

    onlinepatrika
    Arghakhachi

    संघीय संसद सचिवालयले कार्यसूची संशोधन गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने तालिका सार्बजनिक गरेको छ ।

    AGNI GROUP

    बुधबार प्रधानमन्त्री शाहको उपस्थिति माग गर्दै विपक्षी दलहरूले सभामुख डिपी अर्यालसँग रुलिङको माग गर्दै बैठकमा विरोध गरेका थिए ।

    नीति तथा कार्यक्रम पेस गर्न प्रधानमन्त्री नआएपछि विपक्षी सांसदहरूले सदन अवरुद्ध गरेका कारण बुधबारको बैठक नियमित कार्यसूचीमा नै प्रवेश नगरी स्थगित भएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij