Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङलाई प्रधानमन्त्रीको राजीनामा माग्नुपर्ने कुनै कारण नभएको जवाफ दिएका छन्। अध्यक्ष साम्पाङले ४ कारण देखाउँदै प्रधानमन्त्रीको राजीनामा मागेपछि शाहीले यस्तो बताएका हुन्।
उनले भनेका छन्, ‘माननीय हर्क साम्पाङज्यूलाई मेरो विनम्र अपिल छ। प्रधानमन्त्रीज्यूको राजीनामा माग्नुपर्ने कुनै कारण छैन। याद गर्नुस्, तिनै शक्तिहरूले ३५ वर्षसम्म यो देश लुटे, भ्रष्टाचार गरे। तिनैका विरुद्धको लडाइँमा अहिलेका जनताले मतदान गरेका हुन्। त्यसैले हामीले जनताको मत र जनादेशको सम्मान गर्नुपर्छ।’
उनले सबै मिलेर देशलाई अगाडि बढाउनुपर्ने बताएका छन्।
शाहीले थपेका छन्, ‘हाम्रो माग यति मात्रै हो कि प्रधानमन्त्री प्रजातान्त्रिक भइदिनुहोस्, संसद्प्रति उत्तरदायी भइदिनुहोस्। किनकि संसद् जनताको आवाज बोल्ने थलो हो, जनताका कुरा सरकारलाई सुनाउने सर्वोच्च प्रजातान्त्रिक मञ्च पनि संसद् नै हो।’
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij