Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

अस्ट्रेलियामा शार्क आक्रमणमा वृद्धि

अस्ट्रेलियामा शार्क आक्रमणमा वृद्धि

  • काठमाडौं । पश्चिमी अस्ट्रेलियामा शनिबार सेतो शार्कले एक जनामाथि आक्रमण गर्दा पीडितको मृत्यु भएको प्रहरीले जनाएको भन्दै एएफपीले खबर दिएको छ ।

    onlinepatrika
    Arghakhachi

    पर्थ सहर नजिकैको रोटनेस्ट टापुमा बिहान १०ः०० बजे शार्कले आक्रमण गरेको प्रहरीले जनाएको छ । पीडितलाई उद्धार गर्न सम्भव नभएको अष्ट्रेलियाली प्रहरीले जनाएको छ ।

    AGNI GROUP

    यो घटनापछि मानिसलाई सामुद्रिक पर्यटकीय गन्तव्य क्षेत्र वरपरको पानीमा जाँदा “अतिरिक्त सावधानी” अपनाउन आग्रह गरिएको छ ।

    सन् १७९१ देखि अष्ट्रेलियामा लगभग एक हजार ३०० वटा शार्क आक्रमणका घटना भएका छन् । जसमा २६० भन्दा बढीको मृत्यु भएको जनाइएको छ ।

    यसअघि गत जनवरीमा सिड्नी हार्बरमा शार्कले आक्रमण गर्दा एक जनाको मृत्यु भएको थियो ।

    यो आक्रमणसँगै दुई दिनको अवधिमा चार वटा घटना रेकर्ड भएका थिए, जसका कारण समुद्रतटीय सहरका दर्जनौँ पर्यटकीय क्षेत्रमा उच्च सतर्कता अपनाउनुका साथै केही क्षेत्र बन्द गर्न बाध्य भएको अधिकारीहरूले बताएका छन् ।

    सहरमा हालै शार्कसँग सम्बन्धित घटनामा मृत्यु भएको यो तेस्रो घटना हो ।

    अस्ट्रेलियाका वैज्ञानिकहरूले बढ्दो भीडभाडयुक्त वातावरण र बढ्दो समुद्री तापक्रमले शार्कलाई प्रभावित गरिरहेकाले आक्रमणमा वृद्धि भएको बताएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij