Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

ट्रम्पपछि चीन जाँदैछन् पुटिन

ट्रम्पपछि चीन जाँदैछन् पुटिन

  • काठमाडौं । रूसी राष्ट्रपति भ्लादिमिर पुटिन आगामी मे १९–२० मा बेइजिङको दुईदिने भ्रमणमा जाने भएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनको आफ्नो राजकीय भ्रमण पूरा गरेको २४ घण्टाभन्दा कम समयमै पुटिनको भ्रमण तय भएको हो।

    onlinepatrika
    Arghakhachi

    ट्रम्पले पनि बेइजिङमा सी जिनपिङसँग भेट गरी व्यापार तथा इरानमा जारी अमेरिका र इजरायलको युद्धबारे छलफल गरेका थिए।रूसको  राष्ट्रपति कार्यालय क्रेमलिनले पुटिनको भ्रमण सन् २००१ को ‘सोनो–रूसी मित्रता सन्धि’ को २५औं वार्षिकोत्सवको अवसर पारेर तय गरिएको जनाएको छ।दुवै नेताहरूले द्विपक्षीय सम्बन्धका साथै ‘प्रमुख अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मुद्दाहरू’ र आर्थिक सहयोगबारे छलफल गर्ने छन्।

    AGNI GROUP

    पछिल्ला वर्षहरूमा चीन र रूसबीचको सम्बन्ध निकै प्रगाढ बनेको छ।पुटिनले सेप्टेम्बर २०२५ मा पनि चीनको भ्रमण गरेका थिए।चिनियाँ राष्ट्रपति सीले आफ्ना समकक्षीलाई ‘पुराना मित्र’ भन्दै स्वागत गरेका थिए। पुटिनले पनि सीलाई ‘प्रिय मित्र’ भनी सम्बोधन गरेका थिए।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij