Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

साउदी अरेबियाले इराकी हवाई क्षेत्रबाट आएका तीनवटा ड्रोनलाई ध्वस्त पार्‍यो

साउदी अरेबियाले इराकी हवाई क्षेत्रबाट आएका तीनवटा ड्रोनलाई ध्वस्त पार्‍यो

  • काठमाडौं । साउदी अरेबियाले आइतबार आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेका तीनवटा ड्रोन खसालिएको जनाएको छ।

    onlinepatrika
    Arghakhachi

    साउदी रक्षा मन्त्रालयले एक्समा जारी गरेको वक्तव्यमा भनिएको छ, ‘मे १७ मा तीनवटा ड्रोन नष्ट गरिएको थियो। ती ड्रोन इराकी हवाई क्षेत्र हुँदै साउदी अरबको हवाई क्षेत्रमा प्रवेश गरेका थिए।’

    AGNI GROUP

    रक्षा मन्त्रालयका प्रवक्ता मेजर जनरल अल–मालिकीले भने, ‘हाम्रो रक्षा मन्त्रालयसँग सही समय र सही ठाउँमा जवाफ दिने अधिकार छ। देशविरुद्ध हुने कुनै पनि प्रयासमा आवश्यक कदम चालिनेछ।’

    आइतबार बिहान संयुक्त अरब इमिरेट्स ९यूएई० को अबुधाबीस्थित बराकाह आणविक ऊर्जा केन्द्रमा पनि ड्रोन आक्रमण भएको थियो।

    यद्यपि, यूएईले अहिलेसम्म उक्त आक्रमण कसको तर्फबाट गरिएको हो भन्ने खुलाएको छैन।

    क्षेत्रमा अहिले तनावपूर्ण अवस्था रहेको छ, किनभने अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेका थिए।

    अप्रिलमा युद्धविराम लागू भएपछि यी देशहरूबीचको संघर्ष रोकिएको भए पनि इराकबाट साउदी अरब र कुवेतलगायत खाडी मुलुकतर्फ ड्रोन आक्रमण भने जारी रहेका छन्।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij