Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित

प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित

  • काठमाडौं । प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । प्रधानमन्त्रीसँगको प्रश्नोत्तरबारेको नियमावलीको व्यवस्था कार्यान्वयन गर्न माग गर्दै विपक्षीले अवरोध गरेपछि १५ मिनेटक लागि बैठक स्थगित भएको हो ।

    onlinepatrika
    Arghakhachi

    विपक्षी दलले प्रधानमन्त्रीसँगको प्रश्नोत्तरको व्यवस्था अन्देखा गरिएको भन्दै सदन अवरोध गरेका थिए । प्रतिनिधिसभा नियमावलीको नियम ५६ मा रहेको प्रधानमन्त्रीलाई प्रश्न सोध्ने व्यवस्था कार्यान्वयन गर्न उनीहरूको माग थियो ।

    AGNI GROUP

    नियमावलीमा प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिन प्रधानमन्त्रीसँग प्रश्नोत्तर गर्न सकिने व्यवस्था छ । ७ गतेसम्म पनि उक्त व्यवस्था कार्यान्वयन नगरिएको भन्दै विपक्षीले विरोध गरेका हुन् ।

    विपक्षीको अवरोधपछि सभामुख डोलप्रसाद अर्यालले १५ मिनेटका लागि प्रतिनिधिसभाको बैठक स्थगित गरेका हुन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij