Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । सर्वोच्च अदालतले विदेशमा रहेका नेपाली नागरिकलाई नेपालमा विचाराधीन मुद्दामा अनलाइनमार्फत बयान र बकपत्र दिन सकिने व्यवस्था गर्न आदेश दिएको छ। न्यायाधीश हरि फुयाल र बालकृष्ण ढकालको संयुक्त इजलासले सूचना प्रविधिको विकाससँगै भौगोलिक दूरीको प्रभाव कम हुँदै गएको उल्लेख गर्दै न्यायिक प्रक्रियालाई सहज बनाउन यस्तो आदेश जारी गरेको हो।
अदालतले विदेशस्थित नेपाली दूतावास वा कूटनीतिक नियोगमा उपस्थित भई नेपालका अदालतमा चलिरहेका मुद्दामा बयान तथा वकपत्र दिन सक्ने सुविधा उपलब्ध गराउनुपर्ने निष्कर्ष निकालेको छ ।
यसअघि विशेष अदालत काठमाडौंमा भ्रष्टाचारसम्बन्धी एक मुद्दाको सुनुवाइका क्रममा अध्यक्ष टेकनारायण कुँवरले विदेशबाट अनलाइनमार्फत बयान र बकपत्र गर्न अनुमति दिन सकिने राय दिएका थिए। तर सदस्यद्वय मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाले त्यस्तो अनुमति दिन नमिल्ने मत व्यक्त गरेका थिए।
विशेष अदालतको उक्त आदेशविरुद्ध पुनरावेदन परेपछि सर्वोच्च अदालतले यस विषयमा अन्तिम व्याख्या गर्दै अनलाइनमार्फत बयान र बकपत्र गर्न सकिने आदेश जारी गरेको हो।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij