Jul 28 2026 | २०८३, साउन १२ गते
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्टार लेग स्पिनर सन्दीप लामिछाने आगामी युराेपियन टी २० लिगकाे पहिलो संस्करणमा जोडिएका छन् । उनलाई राेटरडम डाेकर्सले अनुबन्धित गरेको हो ।
सामाजिक सञ्जालमार्फत सन्दीपले आफू पहिलो पटक आयोजना हुन लागेको प्रतियोगितामा रोटरड्याम डकर्सको सदस्य बन्न पाउँदा सम्मानित महसुस भएको बताएका छन्।
उनले नयाँ टोलीसँग नयाँ यात्रा सुरु गर्न उत्साहित रहेको उल्लेख गर्दै लेखेका छन्, `पहिलो सुरुआत सधैं विशेष हुन्छ ।´
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij