Jul 28 2026 | २०८३, साउन १२ गते
काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटाइएलगत्तै काठमाडौं उपत्यकाका अधिकांश निजी पेट्रोल पम्पमा पेट्रोलको अभाव देखिएको छ।
पेट्रोल नभएको भन्दै धेरै पम्पले बिक्री वितरण बन्द गरेका छन् । सटरमा पेट्रोल छैन भन्दै बोर्ड टाँसेर पम्प बन्द गरेका छन् ।
सञ्चालनमा रहेका सरकारी तथा केही निजी पम्पमा भने सवारीसाधनको लामो लाइन लागेको छ। । उपत्यकामा नेपाल प्रहरीको पेट्रोल पम्पमा लामो लाइन लागेको छ भने बानेश्वर आसपासको पेट्रोल पम्प बन्द गरिएको छ ।
त्यस्तै उपत्यका बाहिरका जिल्लामा पनि पेट्रोल पम्प बन्द गरिएको छ । हिजो मात्रै नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको थियो।
निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ, डिजेलरमट्टीतेलमा ३० रुपैयाँ घटेको थियो । यस्तै एल्पी ग्यासमा प्रतिसिलिन्डर १०० रुपैयाँ घटाइएको छ । तर आज बिहानैदेखि बजारमा पेट्रोलियम पदार्थको अभाव भएको हो ।
बजारमा पेट्रोलियम पदार्थको अभाव भएको हल्ला चले पनि यथार्थमा त्यस्तो कुनै अभाव नरहेको नेपाल आयल निगमले बताएको छ ।
निगमका प्रवक्ता मनोज कुमार ठाकुरका अनुसार बजारमा केही व्यवसायीहरुले नाफा कमाउने उद्देश्यले कृत्रिम अभाव सिर्जना गरी इन्धन मूल्य घट्ने थाहा पाएपछि पेट्रोलियम पदार्थ लोड नगरेकाले यो समस्या आएका बताए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij