Jul 28 2026 | २०८३, साउन १२ गते
काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई ट्राफिक प्रहरीले ‘चिट’ काटेको छ। मुख्यमन्त्री शाहले मंगलबार साँझ आफ्नै आँगनमा मोटरसाइकल चलाएका थिए। मोटरसाइकल चलाउँदा हेल्मेट लगाएका थिएनन्।
उनले मोटरसाइकल चलाएको भिडिओ क्लिप सामाजिक सञ्जालमा भाइरल बनेको थियो । कतिपयले ट्राफिक प्रहरीलाई ट्याग गरेर कारबाहीको माग गरेका थिए ।
बुधबार जिल्ला प्रहरी कार्यालय, कैलालीको टोलीले उनलाई ‘चिट’ काटेको हो। ट्राफिक प्रहरीले काटेको ‘चिट’मा हेल्मेट नलगाइ सवारी चलाएको उल्लेख छ। ट्राफिक प्रहरीले मुख्यमन्त्री शाहलाई नै ‘चिट’ थमाएको हो।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij