Jul 28 2026 | २०८३, साउन १२ गते
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीलाई डिजिटल प्लेटफर्मबारे अभिमुखीकरण दिएको छ।
सभापति रवि लामिछानेको उपस्थितिमा पार्टीका सांसदहरूलाई डिजिटल माध्यममा जोड्दै लैजाने प्रकृयाअन्तर्गत निर्माण भएको पल्स आरएसपी डिजिटल प्लेटफर्म नामक सिस्टमबारे जानकारी गराइएको हो।
रास्वपा संसदीय दलको कार्यालय सिंहदरबार भएको कार्यक्रममा सरकार र पार्टीको कामलाई प्रविधिमैत्री बनाएर लिएर जानेबारे छलफल भएको सांसद खगेन्द्र सुनुवारले बताए।
उनले भने, ‘सरकारको कामलाई डिजिटल बजारसम्म जोडेर जाने बारेमा हामीले छलफल गरेका छौँ। पार्टी सभापति, सांसदहरूलाई, सरकारलाई र आम जनतालाई एउटै प्लेटफर्ममा जोडेर कसरी अगाडिको काम अझै कसरी गर्न सकिन्छ ? प्रभावकारी बनाउन सकिन्छ? भनेर प्लेटफर्मको डेभलप गर्नुभएको रहेछ।’
पल्स आरएसपी डिजिटल प्लेटफर्मबाट जनताको गुनासो, सरकारले गर्नुपर्ने काम र उठाउनुपर्ने आवाजहरूको एउटा एकीकृत रूपको रूपमा लैजाने बताए।
सभापति लामिछानेले पनि ठुलो परिवार भएकाले सबैले जनताको समस्या सुन्नुपर्नेमा जोड दिएको बताए। सरकारले जनभावना र बाचा अनुसार काम गर्न सक्यो सकेन भन्ने पनि फलोअप पनि डिजिटल प्लेटफर्मबाट गर्ने बताए।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij