Logo

Jul 28 2026 | २०८३, साउन १२ गते

Jul 28 2026 | २०८३, साउन १२ गते

पक्राउ

त्रिभुवन विमानस्थलबाट गाँजासहित भारतीय नागरिक पक्राउ

त्रिभुवन विमानस्थलबाट गाँजासहित भारतीय नागरिक पक्राउ

  • काठमाडौं । थाइल्यान्डबाट काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका एक भारतीय यात्रुको साथमा गाँजा फेला परेपछि प्रहरीले पक्राउ गरेको छ।

    onlinepatrika
    Arghakhachi

    विमानस्थलस्थित नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालयले आज ९आइतबार० बिहान लगेज चेकजाँच गर्ने क्रममा चक्लेटको प्याकेटभित्र थाइल्यान्डको गाँजा २ केजी ८०० ग्राम भेटिएपछि भारतको कोलकत्ता पश्चिम बंगाल ठेगाना भएका ५७ वर्षीय हरि क्षेत्रीलाई नियन्त्रणमा लिएको हो।

    AGNI GROUP

    लागुऔषध नियन्त्रण ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार भारतीय नागरिक क्षेत्री थाई एयरवेजको उडान नं। टीजी ३०९ मा थाइल्यान्डको बैंककबाट नेपाल आएका थिए। बरामद लागुऔषध गाँजा थाइल्यान्डबाट नेपाल हुँदै भारतको कोलकाता लान लागिएको अनुसन्धानबाट खुल्न आएको ब्युरोले जनाएको छ।

    साथै उनको साथमा रहेका पासपोर्ट र मोबाइल पनि प्रहरीले जफत गरेको छ। पक्राउ गरिएका क्षत्रीविरुद्ध लागुऔषध मुद्दामा थप अनुसन्धान भइरहेको लागुऔषध ब्युरोले जनाएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij