Jul 27 2026 | २०८३, साउन ११ गते
काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले बैंकहरु घाटामा जाँदा राज्य पनि अप्ठ्यारो पर्ने बताएका छन् । आइतबार अर्थ समितिको बैठकमा बोल्नै उनले यस्तो बताएका हुन् ।
ज्ञवालीले बैठकमा दिएको अनुसार बैंकिङ क्षेत्रले कुल राजस्वको १३ प्रतिशत आयकर मात्रै बुझाउँछ । वर्षेणी ३७–३८ अर्ब आयकर बुझाउँदै आएका छन् । जुन बढ्दोक्रममा रहेको छ ।
‘अहिले भइरहेको विभिन्न कारणले बैंकहरु घाटामा जाने स्थिति छ । बैंकहरु घाटामा जानु भनेको राज्य पनि अफ्ठेरोमा पर्नु हो’, उनले अगाडी भने, ‘अहिले अधिकांश कन्ट्रयाक्टर व्यवसायी समस्यामा रहेका छन् । ठेक्का रोक्का गरेर अगाडी बढ्दा बैंकिङ क्षेत्रमा ५ खर्ब हाराहारी यस क्षेत्रको ऋण रहेको छ । त्यसले गर्दा एनपीएफ ठूलो मात्रामा बढेर जाँदा बैंकमा समस्या पर्ने देखिन्छ ।’
अहिले भइरहेको यस समस्यालाई मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने उनले बताए । ज्ञवालीले जानाजान ऋण नतिर्ने र परिस्थितिले तिर्न नसक्ने उद्योगी व्यवसायीबिच वर्गीकरण गर्नुपर्ने उनले माग राखे ।
कुन क्षेत्रको कर्जाको माग कस्तो छ भनेर हेरेर मात्रै त्यस अनुसार लगानी गर्नुपर्ने उनले बताए । ज्ञवालीले भने, ‘हामीले कृषि कर्जामा ऋण दिएका छौँ त्यो लगानी जग्गामा भइरहेको पाइएको छ । यसले जग्गामा पनि मन्दी आइदियो कृषि उत्पादन पनि बढ्न सकेन । यसले बैंकको लोन पनि डिफल्टमा गयो । त्यसकारण जुन क्षेत्रमा डिमाण्ड छैन त्यहाँ राष्ट्र बैंकले फोर्स गर्दा विकृति बढेको छ ।’
डिजिटल ट्रान्जेसन नि-शुल्क हुनुपर्ने मागबारे उनले डिजिटल सर्भिसमा बैंकहरुको खर्च धेरै हुने भएकाले यो चार्ज घटाउन नहुने उनको भनाई छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij