Logo

Jul 28 2026 | २०८३, साउन १२ गते

Jul 28 2026 | २०८३, साउन १२ गते

हेटौंडा कपडा उद्योगबाट उत्पादनको अन्तिम तयारी, परीक्षण गर्न सेनालाई रकम निकासा

हेटौंडा कपडा उद्योगबाट उत्पादनको अन्तिम तयारी, परीक्षण गर्न सेनालाई रकम निकासा

  • काठमाडौं । लामो समयदेखि बन्द रहेको हेटौंडा कपडा उद्योग पुनः सञ्चालनको अन्तिम तयारी भएको छ। सरकारको योजना र व्यवस्थापनमा सेनाले बन्द उद्योगभित्र आवश्यक सम्पूर्ण तयारी अन्तिम चरणमा पुर्याएको हो।  

    onlinepatrika
    Arghakhachi

    उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव एवं प्रवक्ता नेत्रप्रसाद सुवेदीका अनुसार, सेनाले लामो समयदेखि बन्द अवस्थामा रहेका मेसिनको सरसफाइ र समान्य मर्मत, बिजुलीको व्यवस्थापनसहित परीक्षण उत्पादनका लागि आवश्यक सम्पूर्ण सामग्री संकलन भएको छ। प्रवक्ता सुवेदीले भने, यसका लागि सुरुवातबाट नै मन्त्रालय सेनासँगको प्रत्यक्ष कुराकानीमा छ। सेनाले एक चरणमा उत्पादनका लागि सम्पूर्ण तयारी पनि गरिसकेको छ। आवश्यकताअनुसार आगामी दिनमा थप सहयोग हुने नै छ।  

    AGNI GROUP

    उनका अनुसार, अर्थ मन्त्रालयबाट परीक्षण उत्पादनका लागि करिब ३३ लाख रुपैयाँ निकासा भएको छ। उत्पादन सुरु भएपछि आवश्यकताअनुसार थप रकम निकासा गर्दै पूर्णरुपमा उद्योग सञ्चालनका लागि वातावरण निर्माण हुने उनले बताए।  

    सरकारको पहिलो १०० दिनको कार्यप्रगति सार्वजनिक गर्ने क्रममा शनिबार सचिव कृष्णबहादुर राउतले पनि हेटौंडा कपडा उद्योगबाट परीक्षण उत्पादनका लागि तयारी अन्तिम चरणमा पुगेको बताएका थिए।  

    मन्त्रिपरिषद्ले २०८३ असार १८ गते उद्योग पुनः सञ्चालनका लागि सैद्धान्तिक स्वीकृति प्रदान गरेपछि अर्थ मन्त्रालयले आवश्यक बजेट निकासा गरिसकेको र त्यसपछि नेपाली सेनाले परीक्षण उत्पादनको काम अगाडि बढाएको सचिव राउतको भनाइ थिय।

    सरकारले २०६९ माघ १२ गतेको निर्णयअनुसार हेटौंडा कपडा उद्योग पूर्ण रूपमा बन्द गरेको थियो। त्यसयता उद्योग सञ्चालनमा आउन सकेको छैन।

    हाल सरकारले हेटौंडा कपडा उद्योगसहित बन्द वा समस्याग्रस्त सात सार्वजनिक उद्योगको सम्पत्ति तथा दायित्वको विस्तृत मूल्याङ्कन गरिरहेको छ। मूल्याङ्कन प्रतिवेदन प्राप्त भएपछि ती उद्योगहरूको दीर्घकालीन सञ्चालन तथा व्यवस्थापनको मोडालिटी तय गरिने मन्त्रालयले जनाएको छ।

    मन्त्रालयका सहसचिव सुवेदीले हेटौंडा कपडा उद्योगमा परीक्षण सफल भएपछि सेनाले भृकुटी कागज कारखानामा उत्पादनका लागि आवश्यक तयारी गर्ने जानकारी दिए।  

    सरकारले उदयपुर सिमेन्ट उद्योग लिमिटेडको उत्पादनलाई निरन्तरता दिन चुनढुंगा र रातो माटो उत्खननका म्याद सकिएका खानी इजाजतपत्र नवीकरण गर्ने निर्णयसमेत गरेको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij