Logo

Jul 28 2026 | २०८३, साउन १२ गते

Jul 28 2026 | २०८३, साउन १२ गते

सडक अवरुद्ध

आज कुन-कुन सडक अवरुद्ध छन् ?

आज कुन-कुन सडक अवरुद्ध छन् ?

  • काठमाडौँ । देशका विभिन्न राजमार्ग तथा सडक खण्डहरू बाढी, पहिरो र मर्मत कार्यका कारण अवरुद्ध भएका छन्। कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका मुख्य सडकहरू प्रभावित हुँदा यातायात सञ्चालनमा समस्या आएको छ।

    onlinepatrika
    Arghakhachi

    कोशी प्रदेशअन्तर्गत भोजपुरको भोजपुर नगरपालिका ५, बोखिममा मध्य पहाडी लोकमार्ग गत वैशाख १२ गतेदेखि बाढीका कारण प्रभावित छ। हाल यो सडक खण्ड एकतर्फी रूपमा सुचारु रहेको र अर्को वैकल्पिक बाटो समेत भएको जानकारी दिइएको छ।

    AGNI GROUP

    बागमती प्रदेशको काभ्रेपलाञ्चोकमा सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै बीपी राजमार्ग सडक खण्डमा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। खुर्कोट-नेपालथोक-कटुञ्जेबेंसी चल्ने सम्पूर्ण सवारी साधनहरू गत जेठ २२ गतेदेखि रोकिएका हुन्।

    यसैगरी, मकवानपुरको इन्द्रसरोवर गाउँपालिका २ र ४ महालक्ष्मीस्थित कुलेखानी-फाखेल-हुमाने-फर्पिङ-काठमाडौँ सडक खण्ड सडक मर्मतका कारण पूर्ण रूपमा अवरुद्ध छ। जेठ १५ गतेदेखि बन्द भएको यो बाटो मर्मत कार्य चलिरहेकाले यही महिनाको २५ गतेसम्म बन्द हुने बताइएको छ।

    लुम्बिनी र कर्णाली प्रदेशका सडकहरू पनि पहिरो र बाढीले ठप्प छन्। लुम्बिनी प्रदेशको रोल्पास्थित माडी गाउँपालिका ६ हार्निडाँडामा असार २२ गते गएको पहिरोका कारण रुकुम-घोराही-सहिद मार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।

    कर्णाली प्रदेशअन्तर्गत रुकुम पश्चिमको आठबीसकोट नगरपालिका ६, रिजेगार्ड खोलामा आएको बाढीले असार १७ गतेदेखि भेरी करिडोर पूर्ण रूपमा बन्द छ। जाजरकोटको नलगाड नगरपालिका ८ मालुवामा पनि गत जेठ २३ गते गएको पहिरोले जाजरकोट-डोल्पा सडक खण्डमा पूर्ण रूपमा अवरोध पुर्‍याएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij