Jul 27 2026 | २०८३, साउन ११ गते
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ।
बोर्डअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले पूरक परीक्षाको नतिजा प्रकाशन गरेको सदस्य सचिव जङ्गबहादुर अर्यालले जानकारी दिएका छन् ।
एसईई पूरक परीक्षा गत असार १ गतेदेखि ७ गतेसम्म सञ्चालन भएको थियो । बोर्डका अनुसार नियमित परीक्षामा नन ग्रेडिङमा परेका एक लाख ४६ हजार ५०७ जना विद्यार्थीका लागि पूरक परीक्षा सञ्चालन गरिएको थियो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij